काठमाडौ । पाल्पाको माथागढीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।
गएराति माथागढी गाउँपालिका- २ मा लु ४ त ६६३२ नम्बरको मालवाहक ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटनामा माथागढी गाउँपालिका- २ घर भएका ३८ वर्षीय बेदप्रसाद भुसालको मृत्यु भएको छ।
दुर्घटनाका घाइते सबैको लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ भदौ २०८०, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते