काठमाडौ । सल्यानमा माइक्रोबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्।
रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको लु २ ख ५७३१ नम्बरको माइक्रोबस सोमबार साँझ सल्यानको कपुरकोट गाउँपालिका–३ आगरखोलामा दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका घर भएका कमारो कामी र दार्मा गाउँपालिका–२ सल्यानका ओमपथ खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी घाइते हुने १३ जनाको तुलसीपुरमै उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ भदौ २०८०, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्घटनामा जिप चालकको मृत्यु
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
धादिङ बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाबाट दुःख व्यक्त
धादिङ दुर्घटना अपडेट : मृतकको संख्या १७ पुग्यो, २८ जना घाइते
मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते
दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरमा उद्धार