पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड पुर्ण रूपमा अवरुद्ध

रासस

सोमबार, ०४ भदौ २०८०, २१ : १०
पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड पुर्ण रूपमा  अवरुद्ध

चितवन  । मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित नाम्सि पुल नजिकै सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

आज साँझ ८ बजेर ५ मिनेटमा ठुलै पहिरो  खसेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय चितवनले जानकारी दिएको छ ।

अहिले तैनाथ अवस्थामा राखिएको मेशिन पहिरो हटाउन जाँदै छ । पहिरो पन्छाउन केही समय लाग्ने सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए । पहिरो ठुलो भएकाले बैकल्पिक मार्ग रोज्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस