काठमाडौं । सभामुखले समेत मत दिएर कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्।
सभामुख र उपसभामुख नभएपछि प्रदेशसभामा सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीलाई समेत मत दिन लगाएर प्रदेशसभाबाट बहुमत प्राप्त गरेको घोषणा गरिएको हो। उद्धव थापाले ४७ मत पाएको र विपक्षमा ३० मत परेको निर्णय प्रदेशसभामा सुनाइएको छ।
पक्ष विपक्षमा बराबरी मत खसेको अवस्थामा मात्रै सभाअध्यक्षले निर्णायक मत दिन पाउने संवैधानिक र कानुनी व्यवस्थाको उल्लंघन गर्दै मन्सुरीको मत गणना गरेर विश्वासको मत पाएको घोषणा गरिएको हो।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ भदौ २०८०, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी सरकारको एक वर्षे समीक्षा : लगानी, पूर्वाधार र सुशासनमा उल्लेखनीय प्रगति
कोशीमा पर्यटन वर्ष सुरुसँगै, पर्यटकको चहलपहल बढ्यो
प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने कोशी माओवादीको चेतावनी