'मोर्चा घोषणापछि अब के होला भन्ने अन्योल अन्त्य भयो : नेत्रविक्रम चन्द

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०८०, १० : २३
'मोर्चा घोषणापछि अब के होला भन्ने अन्योल अन्त्य भयो : नेत्रविक्रम चन्द

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा घोषणापछि के होला भन्ने अन्योल अन्त्य भएको बताएका छन् ।

सोमवार बसेको मोर्चाको बैठकले सातवटै प्रदेशस्तरीय घोषणासभा गर्ने निर्णय गरेपछि अब के होला भन्ने परिस्थिति अन्त्य भएको उनले बताएका हुन् । 

अब प्रदेशस्तरीय कार्यक्रमलाई अगाडि बढाउँदै मोर्चालाई अझै सशक्त बनाउने उनले बताए । ‘मोर्चाको बैठक एकदमै राम्रो भयो । हामीले निक्कै तरंगमय वातावरणमा मोर्चाको घोषणा गरेका थियौं,' उनले भने, 'तर, प्रदेशमा कार्यक्रम घोषणाको समय लम्बिंदा के होला भन्ने भएको थियो । आजबाट त्यो अन्त्य भएको छ । अब प्रदेशस्तरीय कार्यक्रमलाई अगाडि बढाउँछौं। मोर्चालाई अझै सशक्त बनाउँछौं ।’

मोर्चाको बैठकले देशमा अगाडि बढाइएको भ्रष्टाचारविरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको उनले जानकारी दिए । 

मोर्चाको वातावरण सोचिएकोभन्दा राम्रो रहेको विप्लवले बताए । ‘मोर्चा नेपाली मौलिकताको धेरैले सोचेको भन्दा राम्रो छ,’ उनले भने, ‘अब देशभर अरु अभियान चलाउँछौं । मोर्चाको काममलाई प्रभावकारी बनाउँछौं ।’

प्रतिक्रिया दिनुहोस