कैलारीका एक वडा सदस्यको निधन

सफल खबर संवाददाता

आइतबार, ०३ भदौ २०८०, १५ : ५६
कैलारीका एक वडा सदस्यको निधन

धनगढी । कैलालीको कैलारी गाउँपालिकाका एक वडा सदस्यको निधन भएको छ ।वडा नंं ८ का वडा सदस्य माघुराम चौधरीको ४२ वर्षको उमेरमा आइतबार निधन भएको हो ।कैलारी गाउँपालिका ८ दुधिया घर भएका चौधरी शनिबार धनगढीमा साली नाता पर्ने आफन्त कहाँ आएका थिए ।

धनगढीमै रहेका बेला अचानक लडेपछि राति नै अस्पताल लगिएको थियो । धनगढीको मायामेट्रो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।उच्च रक्तचापका बिरामी समेत रहेका उनको आइतबार बिहान मृत्यु भएको गाउँपालिकाले जनाएको छ । यसैबीच आइतबार कैलारी गाउँपालिकाले शोक बिदा दिएको छ ।

वडा सदस्यको रहस्यमय ढंगले मृत्यु भएको भन्दै प्रहरीले अनुसन्धान पनि बढाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चौधरीका साली पर्ने नातेदारसँग सोधपुछ गरिएको बताए । सबै कागजात तयार गरी पोष्टमार्टमको तयारी गरिएको समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस