दुई किलो पहेँलो धातुसहित एकजना पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०३ भदौ २०८०, ०८ : ४६
दुई किलो पहेँलो धातुसहित एकजना पक्राउ

काठमाडौं । रसुवाबाट सुनजस्तो देखिने दुई किलो पहेँलो धातुसहित एकजना पक्राउ परेका छन् ।

जिल्लाको टिमुरेबाट स्याफ्रुवेशीतर्फ आउँदै गरेका पैदल यात्री भोटेकोसी गाउँपालिका ५ पोखरी बस्ने २४ वर्षे सुदीप शेर्पालाई उक्त पहेँलो धातुसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

चेष्ट गार्डको भित्री खल्तीमा सुनको जस्तो देखिने बिस्कुट आकारको दुई किलो पहेँलो धातु फेला पारेर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ । 

उक्त पहेँलो धातुको अनुमानित मूल्य एक करोड ८९ लाख ३० हजार रहेको प्रहरीको भनाइ छ । शेर्पालाई उक्त धातुसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रसुवामा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस