काठमाडौ । युएईमा अलपत्र परेका एक नेपालीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उद्धार गरेर नेपाल फर्काएको छ ।
बोक्रे ५ छत्र जोरपाटी धनकुटाका कमल बहादुर घिमिरेलाई उद्धार गरेर एनआरएनए युएईले स्वदेश पठाएको हो ।
उनले १८ महिनाअघि जागिर चेन्ज गर्ने क्रममा नयाँ कम्पनीले अफर लेटर दिएपछि पुरानो कम्पनीमा राजीनामा दिएका थिए ।
तर नयाँ कम्पनीले भिसा नदिएसम्म कम्पनी छोड्न नमिल्ने भन्दै भिसा क्यान्सिलेसन र पासपोर्ट नदिएर ब्याकलिस्टमा हालिदिएपछि उनी बेरोजगार भई समस्यामा परेका थिए ।
हालै उनले खानबस्नको समेत समस्या परेकाले नेपाल पठाइदिन अनुरोध गरेपछि आवश्यक व्यवस्था मिलाइएको एनआरएनए युएईका उपाध्यक्ष तथा राहत उद्धार समिति संयोजक भीम मल्ल ठकुरीले जानकारी दिए ।
उनको पासपोर्ट लस्टको पुलिस रिपोर्ट तयार गर्नुका साथै नेपाली राजदूतावासबाट ट्राभल डकुमेन्ट बनाएर आइतबार बिहान हिमालयन एयरलाइन्सबाट नेपाल फर्काउने व्यवस्था गरेको उनको भनाइ छ ।
घिमिरेलाई नेपाल पठाउने प्रक्रियामा लागेको सम्पूर्ण खर्च एनआरएनए युएईले बेहोरेको प्रवक्ता रुद्र थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ भदौ २०८०, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौका स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
भोजपुरबाट सुत्केरी र शिशुको उद्धार
सुन्दरीजल खोलामा फसेका चार भारतीयसहित पाँचजनाको उद्धार
रसुवागढी हाइड्रोपावरमा फसेका २३ जनाको हेलिकप्टरमार्फत उद्धार
त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार
नारायणी नदीमा बग्दै आएका पुरुषको जीवितै उद्धार