पत्रकार डिल्लीप्रसाद आचार्यको निधन

सफल खबर संवाददाता

शनिबार, ०२ भदौ २०८०, १८ : ३६
पत्रकार डिल्लीप्रसाद आचार्यको निधन

काठमाडौँ । पत्रकार, लेखक एवम पूर्व प्रशासक डिल्लीप्रसाद आचार्यको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा गए राति काठमाडौँमा निधन भएको हो । 

पत्रकार आचार्य लामो समयदेखि अल्जाइमर्स रोगबाट पीडित रहेका थिए । विसं १९९४ मङ्सिर आठ गते बागलुङको रामरेखामा जन्मिएका आचार्यले लामो समय पत्रकारिता गरेका थिए ।

उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको पत्रकार नारायण सापकोटाले जानकारी दिए । उनका श्रीमति, तीन छोरा र दुई छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस