महिला विश्वकपको उपाधिका लागि आइतबार स्पेन र इंग्ल्यान्ड भिड्दै

सफल खबर संवाददाता

शनिबार, ०२ भदौ २०८०, १६ : ३०
महिला विश्वकपको उपाधिका लागि आइतबार स्पेन र इंग्ल्यान्ड भिड्दै

काठमाडौं। अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी महिला विश्वकप फुटबलको उपाधिका लागि आइतबार स्पेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्नेछन् ।यी दुवै टोली पहिलो पटक फाइनलमा प्रवेश गरेका हुन् । यससँगै महिला विश्वकपले नयाँ विजेता पाउने सुनिश्चित भएको छ । 

फाइनल खेल सिड्नीस्थित स्टेडियम अष्ट्रेलियामा हुनेछ ।सेमिफाइनलमा स्पेनले स्विडेनलाई र इंग्ल्यान्डले आयोजक अष्ट्रेलियालाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए।केहीबेरअघि सम्पन्न खेलमा आयोजक अष्ट्रेलियालाई पराजित गर्दै स्विडेनले तेस्रो स्थान हासिल गरेको छ । 

बिस्बानेस्थित ल्याङ पार्कमा भएको प्ले अफमा आयोजक अष्ट्रेलियालाई २–० गोल अन्तरले हराउँदै स्विडेन तेस्रो भएको हो । फ्रिडोलिना रोल्फोले ३० औँ मिनेटमा नै पेनाल्टीमा गोल गर्दै स्विडेनलाई अग्रता दिलाएकी थिइन् ।

यस्तै, ६२ औँ मिनेटमा कोसोभारे एसानीले गोल थपेपछि अष्ट्रेलिया खेलमा फर्कन सकेन र स्विडेनको जित सुनिश्चित बन्यो ।महिला विश्वकपको सर्वाधिक विजेता अमेरिका हो । उसले चार पटक उपाधि जितेको छ । यस्तै, जर्मनीले दुई तथा नर्वे र जापानले एक–एक पटक उपाधि जितेका छन् । 

प्रतिक्रिया दिनुहोस