काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले प्रचण्ड नेतृत्वको अहिलेको सरकार इतिहासकै सबैभन्दा लोकप्रिय रहेको दावी गरेका छन् । पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा शनिबार बोल्दै पुनले वर्तमान सरकार इतिहासकै सर्वाधिक लोकप्रिय सरकार भएको दाबी गरेका हुन् ।
सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएका कारण सरकारलाई जनताले मन पराएको उनको दावी छ ।नेता पुनले भने–‘सरकारले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएको छ । सुशासनको जगमा समृद्धि हासिल गर्नेतिर सरकारको काम निर्देशित छ । इतिहासमा पहिलोपटक सरकार पपुलर (लोकप्रिय) भएको छ ।
पुनले मुलुकलाई सही नेतृत्व गर्न सक्ने शक्ति आफ्नो दल र नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भएको बताए । त्यसैकारण संसदमा तेश्रो शक्ति भएर पनि माओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरिरहेको बताए ।
पुनले भने–प्रचण्ड माओवादीको मात्र नभई काँग्रेस र एमालेको समेत नेता हो । ३२ सिटसहित प्रतिनिधिसभामा हामी तेश्रो शक्ति छौं, तर सरकारको नेतृत्व गरिरहेका छौं । राष्ट्रिय राजनीतिमा सकालीन नेता प्रचण्ड नै हो । काँग्रेस–एमालेले बेलाबेला गाली गर्छन्, तर अप्ठेरो पर्दा निकासका लागि प्रचण्ड नै खोज्ने स्थिति छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ भदौ २०८०, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बिचौलियाले प्रधानमन्त्री फेर्न थाले: वर्षमान पुन
संघीयताको आवधिक समीक्षा गर्ने बेला भयो : वर्षमान पुन
खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान उच्च बनाएका छन्ः वर्षमान पुन
नीतिगत निरन्तरताले लोडसेडिङ हट्यो : वर्षमान पुन
सरकारले संसद छलेर करका दर हेरफेर गरेर आर्थिक अपराध गर्योः सांसद पुन
विपक्षी दललाई तर्साउने र दबाउने प्रयास भयो : वर्षमान पुन