काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका १२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् ।गृह मन्त्रालयको बिहीबार बसेको बढुवा सिफारिस समितिले १२ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेहरुमा एसपी राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविराज कर्णजीत, भरत खनियाँ, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकास घिमिरे, तीर्थराज पौडेल, जहर सिंह बुढा मगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेल छन् ।
उनीहरु सि.सं. २ बाट भर्ना भएका अधिकृतहरु हुन् । सशस्त्र प्रहरीमा भर्ना हुने पहिलो ब्याचको टोली डीआईजी भइसकेको छ । बढुवा सिफारिसमाथि चित्त नबुझे सात दिनभित्र उजुरी दिनसक्ने भनिएको छ । सिफारिसमाथि एक सातापछि मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ साउन २०८०, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरी बलको प्रवक्तामा डिआइजी विष्णु प्रसाद भट्ट
आपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध
देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै सशस्त्र प्रहरी बल