काठमाडौँ । भारतको उत्तराखण्डको चामोली जिल्लाको हेलाङमा घर भत्किँदा दुई नेपाली नागरिकको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाइते भएका छन् ।भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार राति करिब ८ बजे दुई तले घर भत्किँदा घरमा सात जना बासिरहेका थिए । घटना लगत्तै उद्धारको काम सुरु गरिएको थियो ।
उनीहरू मध्ये एक जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको द ट्रिब्युन इन्डियाले जानकारी दिएको छ । उद्धार गरिएका अन्य पाँच जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
क्रसर उद्योग नजिक बनाइएको उक्त घरमा त्यहाँको कामदार बस्ने गरेका थिए । मृतकको नाम १९ वर्षीय अनमोल र २१ वर्षीय प्रिन्स भनेर मात्र खुलाइएको छ । यो वर्षको सुरुवातमा भारी वर्षा र पहिरोका कारण सो क्षेत्रका घरहरूमा क्षति पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ साउन २०८०, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु