सिङ्गापुरमा चिनियाँ नागरिक पक्राउ, जफत गरियो ९८ अर्बभन्दा बढीको सम्पत्ति

सफल खबर संवाददाता

विहीबार, ३२ साउन २०८०, १४ : ११
सिङ्गापुरमा चिनियाँ नागरिक पक्राउ, जफत गरियो ९८ अर्बभन्दा बढीको सम्पत्ति

एजेन्सी। सिङ्गापुर प्रहरीले मनी लन्ड्रिङ विरुद्ध चलिरहेको अभियान अन्तर्गत छापा मारेर एक अर्ब सिङ्गापुर डलर बराबरको सम्पत्ति जफत गरेको छ । यसलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्ने हो भने यो ९८ अर्ब २६ करोड रुपैयाँ बराबर हो ।

 

यसमा महँगा कार, विलासी घर, डिजाइनर ह्यान्डब्यागलगायत नगद समावेश छन् । यस घटनामा हालसम्म १० जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूबाट विदेशी राहदानी समेत बरामद गरेको छ ।यी मानिसहरू चीन, कम्बोडिया, टर्की र वनुआटु जस्ता देशका नागरिक भएको बताइएको छ ।

तर सिङ्गापुरमा यस प्रकारको छापा विरलै हुने गरेको छ किनभने सिङ्गापुरमा अपराध दर विश्वका अन्य देशको तुलनामा निकै कम छ ।सिङ्गापुर प्रहरीको वाणिज्य मामिला विभागका निर्देशक डेभिड च्युले भने, ‘ सिङ्गापुर अपराधीहरूको लागि सुरक्षित आश्रयस्थलको रूपमा प्रयोग भएको हामी कुनै पनि हालतमा स्वीकार गर्न सक्दैनौँ ।’‘अपराधीहरूलाई हाम्रो सन्देश स्पष्ट छ –हामीले तपाईंलाई समात्यौँ भने पक्राउ गर्नेछौँ ।

यदि हामीले तपाईंको अवैध सम्पत्ति फेला पार्‍यौँ भने हामी ती जफत गर्नेछौँ । र तपाईंविरुद्ध कानुनी रूपमा कडा कारबाही गर्नेछौँ ।’

 

 

प्रतिक्रिया दिनुहोस