काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउने विषयमा पहिलोपटक सर्वदलीय बैठक बोलाउने भएका छन् । राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको बताए ।
थापाले भने, ‘सर्वदलीय बैठक बोलाउने भन्ने छ । उहाँ राष्ट्रपति भइसकेपछि सबै दलको नेताहरुलाई भेट्नु भएको छैन । सबैसँग भेटघाट गरेर अहिलेको परिस्थिति बुझ्नका लागि उहाँले इच्छा गर्नुभएको छ ।’
उनका अनुसार शनिबार वा आइतबार सर्वदलीय बैठक बोलाइने छ । ‘सर्वदलीय बैठकका लागि पहिले पनि कुरा भएको हो । भोलि राष्ट्रपतिज्यूले हामीहरुसँग पनि बैठकको तयारीबारे कुरा गर्नुहुन्छ होला,’ थापाले भने ।
गत शुक्रबार राष्ट्रपति पौडेल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग पनि योबीचमा छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ साउन २०८०, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ: राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल स्वेदश फर्किए
राष्ट्रपति पौडेल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच शिष्टाचार भेटवार्ता
राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन दोहामा
राष्ट्रपति पौडेलको कार्यभार उपराष्ट्रपति यादवलाई
राष्ट्रपति पौडेल सोमबार कतार भ्रमणमा जाँदै