मुगु । मुगुमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । सोरु गाउँपालिकामा–७ मा भएको उक्त जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सीप पहिरो नजिक मंगलबार ग १ ज ७७६२ नम्बरको जिप दुर्घटना भएको हो भने मंगलबार बिहान सोरुकोटबाट गमगढीतर्फ जाँदै गरेको उक्त जिप सीप पहिरो नजिक सडकबाट २ सय मिटरभन्दा तल खसेको थियो । उक्त जीप दुर्घटनामा परी ४ जना सख्त घाइते भएका छन । उनीहरुको हाल उपचार भईरहेको छ ।
यसरी ज्यान गुमाउनेमा सोरु गाउँपालिका–५ का लोकजन नेपालीसहित हुम्ला सर्केगार्डका राम परियार, प्रकाश बोहोरा, राम परियार र पियुस परियार रहेका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० साउन २०८०, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते