जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर रमेशकुमार चौधरीलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
पर्खाल निर्माणको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचना पाएर पुगेको अख्तियारको बर्दिबास कार्यालयको टोलीले १ लाख रुपैयाँ नगद र १ लाख ७५ हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो ।
इन्जिनियर चौधरीसँगै उनका साथी गुरुदेव यादव पनि पक्राउ परेका छन् । शहिदनगर नगरपालिका वडा नं. ३ स्थित पशु सेवा केन्द्रको भवनबाट उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको क्षेत्रीय कार्यालय बर्दबासका प्रमुख रामबहादुर कुरुम्वाङले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ साउन २०८०, २० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा एक करोड बढी आर्जन गर्ने नापी अधिकृतविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको संख्या तेब्बरले वृद्धि
घुससहित पक्राउ परेका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाका उम्मेदवार चौधरीसहित नौ जनालाई अख्तियारले बोलायो