काठमाडौँ । नेपाली कांग्रेसले ‘पोलिसी ह्याकाथन’ कार्यक्रम आयोजना गर्ने भएको छ । शनिबार कांग्रेस केन्द्रीय कार्यालयले पत्रकार सम्मेलन गरी सो कार्यक्रमको आयोजना गर्न थालिएको जानकारी दिएको हो ।
सो प्रतियोगितामा भाग लिनेहरुले गिग इकोनोमी र क्लाइमेट एक्सन (जलवायु कार्य) सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुपर्नेछ । त्यसका सहभागीहरुले विभिन्न मुद्दाहरुलार्य सम्बोधन गर्ने र नेपालमा गिग अर्थतन्त्रको लागि अगाडि बढ्ने तरिकाहरुसहितको नीतिगत अवधारण पेश गर्नुपर्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
त्यस्तै जलवायु परिवर्तनका जोखिमलाई न्युनीकरण गर्न, यसका बाधाहरु पार गरेर प्रभावकारी कार्यान्वयन गर्न के कस्ता नीतिगत खाडल छन् र कस्ता रणनीतिहरु बढाएर नेपालले जलवायु वित्त पहुँच बढाउन सक्छ ? भन्ने विषयलाई पनि अवधारणापत्रमा समेटिनुपर्ने जनाइएको छ ।
कार्यालयले प्रतियोगितामा दुई चरण हुने जनाएको छ । त्यसका लागि शनिबार खुलाइएको छ भने भदौ ३ गते १ बजे आवेदन दिने मिति सकिनेछ । त्यस्तै भदौ ५ गते फाइनलका १० टोली छनोट गरिने र भदौ ९ गते कांग्रेस केन्द्रीय कार्यालयमा फाइनल कार्यक्रम हुने आयोजक पक्षले जनाएको छ । नीतिपत्र ३ हजारदेखि ५ हजार शब्दको बीचमा तोकिएको ढाँचामा हुनुपर्ने जनाइएको छ ।
आयोजकका अनुसार प्रथम विजेताले रु ३ लाख, दोश्रो हुनेले १ लाख ५० हजार र तेश्रो विजेताले ५० हजार रुपैयाँको पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा छानिएका शीर्ष तीन टोलीको नीतिपत्र र उत्कृष्ट विचारहरू नेपाली कांग्रेसको संसदीय दलको बैठकमा छलफल हुने समेत आयोजक पक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ साउन २०८०, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?