काठमाडौँ । नेपाली कांग्रेसले ‘पोलिसी ह्याकाथन’ कार्यक्रम आयोजना गर्ने भएको छ । शनिबार कांग्रेस केन्द्रीय कार्यालयले पत्रकार सम्मेलन गरी सो कार्यक्रमको आयोजना गर्न थालिएको जानकारी दिएको हो ।
सो प्रतियोगितामा भाग लिनेहरुले गिग इकोनोमी र क्लाइमेट एक्सन (जलवायु कार्य) सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुपर्नेछ । त्यसका सहभागीहरुले विभिन्न मुद्दाहरुलार्य सम्बोधन गर्ने र नेपालमा गिग अर्थतन्त्रको लागि अगाडि बढ्ने तरिकाहरुसहितको नीतिगत अवधारण पेश गर्नुपर्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
त्यस्तै जलवायु परिवर्तनका जोखिमलाई न्युनीकरण गर्न, यसका बाधाहरु पार गरेर प्रभावकारी कार्यान्वयन गर्न के कस्ता नीतिगत खाडल छन् र कस्ता रणनीतिहरु बढाएर नेपालले जलवायु वित्त पहुँच बढाउन सक्छ ? भन्ने विषयलाई पनि अवधारणापत्रमा समेटिनुपर्ने जनाइएको छ ।
कार्यालयले प्रतियोगितामा दुई चरण हुने जनाएको छ । त्यसका लागि शनिबार खुलाइएको छ भने भदौ ३ गते १ बजे आवेदन दिने मिति सकिनेछ । त्यस्तै भदौ ५ गते फाइनलका १० टोली छनोट गरिने र भदौ ९ गते कांग्रेस केन्द्रीय कार्यालयमा फाइनल कार्यक्रम हुने आयोजक पक्षले जनाएको छ । नीतिपत्र ३ हजारदेखि ५ हजार शब्दको बीचमा तोकिएको ढाँचामा हुनुपर्ने जनाइएको छ ।
आयोजकका अनुसार प्रथम विजेताले रु ३ लाख, दोश्रो हुनेले १ लाख ५० हजार र तेश्रो विजेताले ५० हजार रुपैयाँको पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा छानिएका शीर्ष तीन टोलीको नीतिपत्र र उत्कृष्ट विचारहरू नेपाली कांग्रेसको संसदीय दलको बैठकमा छलफल हुने समेत आयोजक पक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ साउन २०८०, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित