सत्ता प्राप्ति राप्रपाको प्राथमिकताको विषय होइन : राजेन्द्र लिङदेन

सफल खबर संवाददाता

शनिबार, २७ साउन २०८०, १२ : ४५
सत्ता प्राप्ति राप्रपाको प्राथमिकताको विषय होइन : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको बताएका छन। शनिबार ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय चाबहिलमा आयोजित कार्यक्रममा रक्तदान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राप्रपाले सत्तालाई प्राथमिकतामा नराखेको बताए ।

उनले काँग्रेस सांसद डा.सुनिल शर्मालाई पक्राउ गर्ने र अर्को दिन नै छोड्ने कुरा छलफलको विषय बनेको पनि बताए । उनले सत्ता पक्षका सांसद शर्माले सत्ता पक्षकै मन्त्रीहरुमाथि प्रश्न उठाएर राजीनामा माग्दा पक्राउ गरिएको आरोप लगाए। अध्यक्ष लिङदेनले सांसद शर्मालाई छोड्ने र अन्य चिकित्सकलाई थुनामै राख्ने कुराको छलफल हुनुपर्ने बताए ।

अध्यक्ष लिङदेनले नेपाली युवाहरु राजनीति काम छैन भनेर पर बस्ने नभइ राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस