लागूऔषधसहित एक युवक पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २६ साउन २०८०, १९ : ५३
लागूऔषधसहित एक युवक पक्राउ

पाल्पा । अवैध लागूऔषधसहित एक युवक शुक्रबार तानसेनबाट पक्राउ परेका छन्। सर्लाही ईश्वरपुर नगरपालिका–१२, स्थायी घर बताउने २४ वर्षीय कमलकुमार खड्का तानसेन नगरपालिका–२, नारायणस्थानमा रहेको डेराबाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार खड्काले नारायणस्थान डेरामा अवैध लागूऔषध लुकाई बेचविखनसमेत गर्ने गरेको सूचनापछि प्रहरीले पक्राउ गरेको जनाए। खड्का बस्ने डेरामा खानतलासी गर्दा लुकाइएको अवस्थामा डाइजेपाम, फेनारगन, आइपीपीएल टालजेसिक लेखेको लागूऔषधजस्तो देखिने एम्पुल एक/एक वटा गरी तीन वटा बनाई टेपले बाँधेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

३१ एम्पुल र आइपीपीएल टालजेसिक ३१ एम्पुल गरी ९३ एम्पुल भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए। डेरामै खाटमुनी लुकाइराखेको अवस्थामा प्रयोग गरेको जस्तो देखिने सिरिन्ज निडलसहितको १५ थान, ११ थान निडल, प्रयोग गरेको फुटेको एम्पुल ८ थानसहित फेलो परेकाले खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस