टर्कीमा भुकम्पको धक्का, केही भवनहरु भत्किए

एजेन्सी

शुक्रबार, २६ साउन २०८०, ०८ : ००
टर्कीमा भुकम्पको धक्का, केही भवनहरु भत्किए

 एजेन्सी । टर्कीमा फेरी भुकम्प गएको छ । 

टर्कीको दक्षिणी क्षेत्रमा बिहीबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । 

मिडिया रिपोर्टका अनुसार भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको छ भने २३ जना घाइते भएका छन् । भूकम्पको केन्द्रविन्दु मलात्या प्रान्तको येसिलुरट सहरमा रहेको जनाईएको छ । सञ्चारमाध्यमका अनुसार अदियामानमा पनि भूकम्पको धक्का महसुस भएको छ ।

टर्कीका स्वास्थ्य मन्त्री फहरेटिन कोकाले एक सामाजिक सञ्जाल पोस्ट गर्दै मालत्या र अदियामानमा भवनहरू भत्किँदा मानिसहरू घाइते भएको बताएका छन्। भूकम्पबाट बच्न मानिसहरु भवनबाट हाम फालेका छन् भने केही घाइते भएका छन् ।

सोही क्रममा स्थानिय टिभीमा प्रशारण गरिएको भिडियोमा भूकम्पले भवनहरु भत्काईएको दृश्य देखाईएको छ । 

गत फेब्रुअरीमा गएको विनाशकारी महाभूकम्पबाट दुवै स्थानहरु प्रभावित भएका थिए, जसमा ५० हजारभन्दा बढीको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस