कांग्रेस सांसद सुनील शर्मा पक्राउ

सफल खबर संवाददाता

विहीबार, २५ साउन २०८०, १६ : २७
कांग्रेस सांसद सुनील शर्मा पक्राउ

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई सीआईबीले पक्राउ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जनाएका छन् । डाक्टरको नक्कली सर्टिफिकेट बनाएको सम्बन्धमा अनुसन्धानका लागि शर्मालाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।

शर्मा मोरङ- ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले मोरङमा नोबेल मेडिकल कलेज सञ्चालन गर्दै आएका छन् । शर्मालाई काठमाडौंको गोल्फुटारस्थित निवासबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

सीआईबीले नक्कली चिकित्सकविरुद्ध २०७२ सालदेखि अपरेसन चलाउँदै आएको छ । त्यो बेलामा सीआईबीले ‘अपरेसन क्वाक’ सञ्चालन गरेको थियो । त्यसको १ वर्षपछि ३६ जना नक्कली डाक्टर पक्राउ परेका थिए ।

२०७७ सालमा पश्चिम चौरजहारी अस्पतालमा कार्यरत डा. दीपेन्द्र गौतमसहित ७ जना पक्राउ परेका थिए । त्यसपछि फेरि २०७८ सालमा ७ जना नक्कली डाक्टर पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस