सर्लाहीमा पुलमुनि पुरुषको टाउको भेटियो

सफल खबर संवाददाता

विहीबार, २५ साउन २०८०, ११ : ००
सर्लाहीमा पुलमुनि पुरुषको टाउको भेटियो

जनकपुर । सर्लाहीमा पुलमुनि एक जना पुरुषको शव फेला परेको छ ।

पूर्व(पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगपालिका वडा नं. ४, स्थित लखन्देखी पुलमुनि टाउको फेला परेको प्रहरीले जनाएका छन् ।

बिहीबार बिहान करिब साढे ७ बजे स्थानीयले घाँटीबाट छिनाएको टाउको देखेपछि प्रहरीमा खबर गरेका थिए । पुरुषको अहिले सनाखत हुन नसकेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पन्जियार थारुले जानकारी दिए । 

उनका अनुसार घटनास्थलको अवस्था हेर्दा युवकको हत्या भएको जस्तो देखिन्छ । पुरुषको सोही स्थानमा हत्या भएको अथवा अन्य ठाउँमा हत्या भएको र बाढीले टाउको बगेर आएको खुल्न सकेको छैन । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता थारुले बताए ।

प्रतिक्रिया दिनुहोस