काठमाडौ । अब १० करोड रुपियाँभन्दा बढी निक्षेप वा पुँजी भएका बचत तथा ऋणको कारोबार गर्ने सहकारीले एकीकृत सूचना प्रणाली (गोएमएल) मा आबद्ध हुनुपर्ने भएको छ ।
गोएमएल प्रणालीमार्फत सम्पत्ति शुद्धीकरणको रिपोर्टिङ गर्न सहकारीहरूले अटेरी गरेपछि सङ्घीय सहकारी विभागले पुनः निर्देशन गरेको हो । अघिल्लो सर्कुलरलाई अटेर गरेपछि विभागले दोस्रो पटक गोएमएल सिस्टम आबद्ध भई रिपोर्टिङ गर्न सहकारी सङ्घ तथा संस्थालाई निर्देशन जारी गरेको हो ।
विभागले पहिलो पटक २०७७ पुसमा निर्देशन जारी गरी वित्तीय जानकारी एकाइको गोएमएल सफ्टवेयरमा आबद्ध भई सीमा र शङ्कास्पद कारोबारको रिपोर्टिङ गर्न निर्देशन दिएको थियो ।
विभागले १० करोडभन्दा बढीको कारोबार गर्ने सहकारीलाई राष्ट्र बैङ्कको वित्तीय जानकारी एकाइमा रहेको गोएमएलको टेस्ट इन्भाइरोमेन्ट तथा प्रोडक्सन इन्भाइरोन्मेन्टमा यथाशीघ्र रजिस्टर्ड भई वेब वा एक्सएमएलमार्फत सीमा कारोबार प्रतिवेदन, शङ्कास्पद कारोबार प्रतिवेदन र शङ्कास्पद गतिविधि प्रतिवेदन जस्ता विवरण प्रणालीमा प्रेषित गर्न आह्वान गरेको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २४ साउन २०८०, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३४ जना बचतकर्ताको बचत रकम फिर्ता
सुरु भयो सहकारीको बचत फिर्ता
सहकारी बचत फिर्ता ऋण असुलीबाट गरिने
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता जेठ पहिलो सातादेखि सुरु हुने
महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी
सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय