काठमाडौ । अब १० करोड रुपियाँभन्दा बढी निक्षेप वा पुँजी भएका बचत तथा ऋणको कारोबार गर्ने सहकारीले एकीकृत सूचना प्रणाली (गोएमएल) मा आबद्ध हुनुपर्ने भएको छ ।
गोएमएल प्रणालीमार्फत सम्पत्ति शुद्धीकरणको रिपोर्टिङ गर्न सहकारीहरूले अटेरी गरेपछि सङ्घीय सहकारी विभागले पुनः निर्देशन गरेको हो । अघिल्लो सर्कुलरलाई अटेर गरेपछि विभागले दोस्रो पटक गोएमएल सिस्टम आबद्ध भई रिपोर्टिङ गर्न सहकारी सङ्घ तथा संस्थालाई निर्देशन जारी गरेको हो ।
विभागले पहिलो पटक २०७७ पुसमा निर्देशन जारी गरी वित्तीय जानकारी एकाइको गोएमएल सफ्टवेयरमा आबद्ध भई सीमा र शङ्कास्पद कारोबारको रिपोर्टिङ गर्न निर्देशन दिएको थियो ।
विभागले १० करोडभन्दा बढीको कारोबार गर्ने सहकारीलाई राष्ट्र बैङ्कको वित्तीय जानकारी एकाइमा रहेको गोएमएलको टेस्ट इन्भाइरोमेन्ट तथा प्रोडक्सन इन्भाइरोन्मेन्टमा यथाशीघ्र रजिस्टर्ड भई वेब वा एक्सएमएलमार्फत सीमा कारोबार प्रतिवेदन, शङ्कास्पद कारोबार प्रतिवेदन र शङ्कास्पद गतिविधि प्रतिवेदन जस्ता विवरण प्रणालीमा प्रेषित गर्न आह्वान गरेको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २४ साउन २०८०, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललितपुर महानगरपालिका कार्यक्षेत्र भएका सहकारीलाई ७ बुँदे सूचना
झापामा हाल ७५३ वटा सहकारी, ठुलामा पर्याप्त तरलता
समस्याग्रस्त सहकारीका ऋणीले भदौभित्र ऋण तिरे ब्याज र हर्जनामा छुट
समस्याग्रस्त ५ सहकारीका ऋणीलाई भदौ मसान्तभित्र ऋण चुक्ता गर्न ताकेता
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
काठमाडौंमा सहकारी र लघुवित्त पीडितहरुको प्रदर्शन