१० चिनियाँ नागरिक अध्यागमन विभागको कालोसूचीमा

सफल खबर संवाददाता

मंगलबार, २३ साउन २०८०, ०७ : ४४
१० चिनियाँ नागरिक अध्यागमन विभागको कालोसूचीमा

काठमाडौ । साउन ३ गते सिनामंगलबाट बरामद भएको सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका १० जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले कालोसूचीमामा राखेको छ ।

तस्करीको सुन बरामद गरेपछि राजस्व अनुसन्धान विभागले सुन तस्करीको अनुसन्धान गर्ने क्रममा नेपालमा बस्दै आएका १० जना चिनियाँ नागरिकलाई विभागले कालोसूचीमा राख्न अनुरोध गरेपछि अध्यागमन विभागले कालोसूचीमामा राखेको विभाग उच्च स्रोतले बतायो ।

कालोसूचीमा राखिएका ती चिनियाँँ नागरिकहरूमा जे झेङ, वाइ पुझेङ, वी यान, एल वेनझङ, टी याओ, जी चेन, जे लि, एफ लिउ, जी लिन र वी सियागत्जा रहेका छन् ।

यसबाहेक प्रहरीले उक्त सुन काण्डमा संलग्न रहेको आशंकामा थप चार जना चिनियाँ नागरिकविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेको छ । नेपाल समाचारपत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस