इंग्ल्याण्ड महिला विश्वकपको क्वार्टरफाइनलमा

सफल खबर संवाददाता

सोमबार, २२ साउन २०८०, १६ : ३१
इंग्ल्याण्ड महिला विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौं । टाइब्रेकरमा नाइजेरियालाई ४-२ ले हराउँदै इंग्ल्याण्ड महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

८७औं मिनेटमा लाउरेन जेम्स रातोकार्ड पाउँदै बाहिरिए पछि इंग्ल्याण्ड १० खेलाडीमा सिमित भएको थियो । डी बक्समा विपक्षी खेलाडीलाई फल गरेपछि पहिला पहेँलो कार्ड पाएकी जेम्सले पछि भीएआरबाट रातोकार्ड पाएकी थिइन् ।

तर पनि उनको अभाव महसुस हुने गरी इंग्ल्याण्डले नाइजेरियालाई गोलको अवसर दिएन र पेनाल्टी सुटआउटमा पुगेको खेल जित्यो ।

प्रतिक्रिया दिनुहोस