संस्थापनइतर पक्षका १२ जना जिल्ला अध्यक्ष हटाएपछि महिला संघमा विवाद चुलियो

सफल खबर संवाददाता

सोमबार, २२ साउन २०८०, १३ : ०३
संस्थापनइतर पक्षका १२ जना जिल्ला अध्यक्ष हटाएपछि महिला संघमा विवाद चुलियो

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको विवाद चुलिएको छ । महिला सङ्घको अध्यक्ष उषा राउत मिश्रले जिल्ला अध्यक्षहरू मनोनीत गरेपछि अर्को पक्षले विरोध गरेको छ । संस्थापनइतर पक्षका १२ जना जिल्ला अध्यक्ष हटाएपछि विवाद भएको हो ।

संस्थापनइतरका २० केन्द्रीय सदस्यले सोमबार पत्रकार सम्मेलन गरेर निर्णय सच्याउन चेतावनी दिएका छन् । ३ दिन भित्र निर्णय नसच्याए देशभर समानान्तर समिति बनाउने र २० जना केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिने चेतावनी उनीहरूले दिएका छन् ।

सङ्घको विधान विपरीत अध्यक्ष मिश्रले १२ जिल्लाका अध्यक्ष हटाएको प्रति संस्थापनइतरले विरोध गरेका छन् । स्पष्टीकरणको अवसर समेत नदिई जिल्ला अध्यक्ष तोकिनु लोकतान्त्रिक पद्धतिको उपहास भएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस