काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेसनको मिति टुंगो लागेको छ ।
गैरआवासीय नेपाली संघको आइतवार बसेको पदाधिकारी बैठकले १७ देखि २० अक्टोवरसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गर्दै युवा, विज्ञ सम्मेलन समेत सोहि अवधिमा गर्ने औपचारिक निर्णय गरेको छ ।
बैठकले संघको अगामी महाधिवेसनको लागि उम्मेदवारी शुल्कमा समेत कटौती गरेको छ । जसअनुसार संघको आगामी अधिवेसनमा युवा तथा महिला पदाधिकारीहरुको लागि ७५ प्रतिशत र अध्यक्ष सहित अन्य पदाधिकारीहरुको लागि ५० प्रतिशत उम्मेदवारी शुल्क घटाउने निर्णय भएको एक पदाधिकारीले बताए ।
यसअघि अध्यक्ष पदका लागि १० लाख र अन्य पदको लागि ५ लाख भन्दा बढी उम्मेदवारी शुल्क रहेको थियो ।
बैठकले संघको केन्द्रीय महाधिवेसन प्रतिनिधिहरुको दर्ता अगष्ट १० देखि २५ तारिखसम्म खुला गर्ने भएको छ । पहिलो चरणमा ९० प्रतिशत पूर्वपदाधिकारीहरुले ‘स्मार्ट एनआरएनए’ एप मार्फट आफैले प्रतिनिधि दावी गर्न सक्ने संघले जनाएको छ । बाँकी १० प्रतिशत संघका राष्ट्रिय समितिको कार्यसमितिको बैठकको सर्वसम्मत निर्णयवाट केन्द्रमा सिफारिश गर्नु पर्ने वैधानिक प्रावधान रहेको छ ।
बैठकले विनोद कुँवर अध्यक्ष रहेको एनआरएनएसँग गत जुन महिनामा भएको सहमतिलाई आगामी १२ अगष्टमा हुने विशेष अधिवेसनबाट अनुमोदन गर्ने निर्णय पनि गरेको छ । उक्त अनुमोदनपछि दुबै एनआरएनए एक हुनेछ ।
बैठकले संघको ११ औं महाधिवेसनमा नयांँ नेतृत्वको लागि हुने निर्वाचनको तयारी सुरु गर्न यसअघि गठित निर्वाचन समितिलाई निर्देशन दिने निर्णय गरेको छ । जसअनुसार कार्यतालिका केही हप्तापछि निर्वाचन समितिले सार्वजनिक गर्ने बताएको छ ।
संघको नयाँ नेतृत्वको लागि आरके शर्मा, महेश श्रेष्ठ , बद्री केसीसहित केशव पौडेल र रविना थापाले समेत आकांक्षा देखाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ साउन २०८०, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की