महाकालीमा पानीले सतर्कता बिन्दु नाघ्यो

रासस

आइतबार, २१ साउन २०८०, २१ : १४
महाकालीमा पानीले सतर्कता बिन्दु नाघ्यो

महेन्द्रनगर । महाकाली नदीमा पानीको सतहले सतर्कता विन्दु नाघेको छ । पानीले सतर्कता बिन्दु नाघेपछि बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द गरिएको छ । 

पुल जीर्ण भइसकेकाले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेकभन्दा माथि नाघेपछि  बनबासा पुलमा सवारीसाधन आवतजावतमा बन्देज लगाउँदै आइएको छ । शारदा ब्यारेजको बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द भएपछि नेपाल–भारतमैत्री बस सेवा अन्तर्गत महेन्द्रनगरबाट हरिद्वार र दिल्ली चल्ने बस यतिबेला पुलको वारी नै रोकिएका छन् ।

आज बिहान १० बजेदेखि महाकाली नदीको जलस्तर  बढ्न सुरु भएकोमा साँझ ४ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ६३ हजार ९ सय ५० क्युसेक पुगेको छ । अहिले पनि जलस्तर बढ्नेक्रममै रहेको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस