आँखा पाक्ने संक्रमण फैलिएपछि भरतपुरका विद्यालय पाँच दिनका लागि बन्द

सफल खबर संवाददाता

आइतबार, २१ साउन २०८०, १९ : २९
आँखा पाक्ने संक्रमण फैलिएपछि भरतपुरका विद्यालय पाँच दिनका लागि बन्द

चितवन । आँखा पाक्ने संक्रमण फैलिएपछि भरतपुरका विद्यालय पाँच दिन बन्द भएको छ ।

भरतपुर महानगरपालिकाले आज एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयहरु बिदा गरेको हो । सूचनामा हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी भोलि सोमबार २२ गतेबाट २६ गतेसम्म  सबै विद्यालय बन्द गरिएको उल्लेख गरिएको छ ।

विद्यालयमा एडिनो भाइरसको संक्रमण फैलँदै गएकोले बन्द गर्नु परेको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस