काठमाडौं । जनमत पार्टीले मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।
शनिबार बिहान जनमत पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खान नेतृत्वको टोलीले मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी राहत दिनुपर्ने, विरगञ्जसहितका सुख्खा क्षेत्रका जनतालाई घरघरमा खानेपानीको व्यवस्था अविलम्ब गर्नु पर्न, सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, सिँचाइको लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्नु पर्ने, पानीको अभावले बिरामी परेकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्नु पर्ने माग उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले तराई मधेसमा खानेपानीमा देखिएको समस्याको बारेमा आफू जानकार रहेको र खानेपानी तथा सिँचाइको विकल्पको बारेमा सरकारले गृहकार्य गरिरहेको बताएका छन ।
ट्याङ्करबाट भएपनि जनतालाई खानेपानीको व्यवस्था गरिने र खानेपानीको अभावले भएको बिरामीको उपचारको व्यवस्था गरिने प्रधानमन्त्रीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० साउन २०८०, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
विभिन्न संरचनागत मागसहित जनमत पार्टीको प्रदर्शन
मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा