सहकारी पीडितको पैसा सहकारीबाट सरकारले लिन्छ र सरकारले उपलब्ध गराउँछ : मन्त्री चौधरी

सफल खबर संवाददाता

शुक्रबार, १९ साउन २०८०, १९ : ५१
सहकारी पीडितको पैसा सहकारीबाट सरकारले लिन्छ र सरकारले उपलब्ध गराउँछ : मन्त्री चौधरी

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले सहकारी पीडितहरूको पैसा सहकारीबाट सरकारले लिने र पीडितहरूलाई सरकारले नै पैसा उपलब्ध गराउने बताएकी छिन्।

शुक्रबार सिंहदरबारस्थित् मन्त्रालयमा बोल्दै मन्त्री चौधरीले उक्त कुरा बताएकी हुन्। उनले भने, ‘बचत सुरक्षण कोष भनेको कुनै बचतकर्ताको रकम सहकारीमा डुबेको छ र उसले सहकारीमार्फत फिर्ता पाउन सकेनन् भने यस कोषमार्फत सरकारले उपलब्ध गराउनेछ र सहकारीबाट सरकारले लिनेछ।