शेयर बजारमा झिनो अंकको वृद्धि, १ अर्ब ७८ करोडको कारोबार

सफल खबर संवाददाता

विहीबार, १८ साउन २०८०, १५ : २८
शेयर बजारमा झिनो अंकको वृद्धि, १ अर्ब ७८ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारका दिन शेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार २६ अंकले घटेको नेप्से परिसूचक आज ३ अंकले बढेर २०८९.८४ बिन्दुमा कायम भएको छ ।

यस दिन बजारमा ५१ लाख ३० हजार। ५२० कित्ता शेयरको खरिदबिक्री हुँदा १ अर्ब ७८ करोड १९ लाख ४१ हजार ७०१ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आजको कारोबारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र एनआईबिएल फण्डको सेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ ।कारोबारका आधारमा शिभम सिमेन्टस ९ करोड २३ लाख ६८ हजार ५४५ रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ

 

प्रतिक्रिया दिनुहोस