बुसान । दक्षिण कोरियाको बुसानमा जारी २५ औँ स्काउट समारोहमा गर्मीका कारण सयौँ सहभागी बिरामी परेका छन् ।मंगलबारदेखि सुरु भएको सो कार्यक्रमको पहिलो दिन नै करिब ४ सय जना बिरामी परेका हुन् । उनीहरूको क्याम्पसाइटमा तयार गरिएको अस्थायी अस्पतालमा उपचार गरिएको छ ।
उत्तरी जिओला प्रान्तमा तापक्रम ३५ डिग्रीसम्म पुगेको छ । त्यस क्षेत्रमा तातो हावा चल्ने चेतावनी नै जारी गरिएको छ । वार्षिक रूपमा आयोजना हुने यस समारोहलाई विश्वकै सबैभन्दा ठुलो यूथ क्याम्प पनि भनिन्छ । यस वर्ष करिब ४३ हजार स्काउट कार्यक्रममा सहभागी छन् ।समारोहमा १४ देखि १८ वर्ष उमेर समूहका स्काउटहरू सहभागी हुन्छन् । यसमा बियर ग्रिलजस्ता सेलिब्रेटी पनि सहभागी भएका छन् ।
एक अधिकारीका अनुसार बिरामी भएका धेरैमा टाउको दुख्ने, रिंगटा लाग्ने र वाकवाक लाग्नेजस्ता समस्या देखिएका छन् । बिरामी भएका धेरै जसो उपचारपछि क्याम्पमा फर्किसकेका छन् ।विशेष गरेर अमेरिका, बेलायत र बंगलादेशका स्काउटहरू प्रभावित भएको स्थानीय मिडियाहरूले जानकारी दिएका छन् ।
दक्षिण कोरियाका आन्तरिक मामिला मन्त्री ली साङ मिनले कार्यक्रमका आयोजकलाई बिरामीको सङ्ख्यालाई ध्यानमा राखेर कार्यक्रमको तालिका समायोजन गर्न सुझाव दिएका छन् ।बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक कमिटीका महासचिव चोई चाङ–हेइङले ३९ जनाको उपचार अझै जारी रहेको जानकारी दिएका छन् । यस सम्मेलनमा नेपालबाट सहभागीहरू दक्षिण कोरिया पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ साउन २०८०, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियाले बन्द गर्यो प्रोपोगाण्डा स्पिकर
दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी दलका उमेदवार ली जे म्युङ विजयी
दक्षिण कोरियामा एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार
युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु