काठमाडौँ । जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक काठमाडौँको बुद्धनगरस्थित एक पाटी प्यालेसमा बस्ने छ । यो बैठकमा नयाँ केन्द्रीय सदस्यहरूको शपथग्रहण हुनुको साथै परिचय गराउने काम समेत हुने बताइएको छ । मिसन ८४ अन्तर्गत पार्टीका अध्यक्ष सिके राउतबाट प्रशिक्षण दिने कार्य समेत हुने एक नेताले बताए ।
मिसन ८४ सफल बनाउनका लागि नेता तथा कार्यकर्तालाई कसरी परिचालन गर्ने, पार्टीलाई सङ्गठित तथा व्यवस्थित कसरी बनाउने जस्ता विषयमा छलफल पनि हुने बताइएको छ ।
जनमत पार्टीले आगामी निर्वाचनमा मधेश प्रदेशमा आफ्नो एकल बहुमतको सरकार बनाउने लक्ष्यसहित कार्यकर्ता भित्राईरहेको छ । र त्यही अनुसारको तयारीलाई तिब्रता दिइएको जनमतले जनाएको छ ।
बैठकमा सहभागी हुन नागरिकताको प्रतिलिपि, मतदाता परिचय पत्रको प्रतिलिपि र एकप्रति पासपोर्ट साइजको फोटो ल्याउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ साउन २०८०, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
विभिन्न संरचनागत मागसहित जनमत पार्टीको प्रदर्शन
मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा