काठमाडौँ । जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक काठमाडौँको बुद्धनगरस्थित एक पाटी प्यालेसमा बस्ने छ । यो बैठकमा नयाँ केन्द्रीय सदस्यहरूको शपथग्रहण हुनुको साथै परिचय गराउने काम समेत हुने बताइएको छ । मिसन ८४ अन्तर्गत पार्टीका अध्यक्ष सिके राउतबाट प्रशिक्षण दिने कार्य समेत हुने एक नेताले बताए ।
मिसन ८४ सफल बनाउनका लागि नेता तथा कार्यकर्तालाई कसरी परिचालन गर्ने, पार्टीलाई सङ्गठित तथा व्यवस्थित कसरी बनाउने जस्ता विषयमा छलफल पनि हुने बताइएको छ ।
जनमत पार्टीले आगामी निर्वाचनमा मधेश प्रदेशमा आफ्नो एकल बहुमतको सरकार बनाउने लक्ष्यसहित कार्यकर्ता भित्राईरहेको छ । र त्यही अनुसारको तयारीलाई तिब्रता दिइएको जनमतले जनाएको छ ।
बैठकमा सहभागी हुन नागरिकताको प्रतिलिपि, मतदाता परिचय पत्रको प्रतिलिपि र एकप्रति पासपोर्ट साइजको फोटो ल्याउन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ साउन २०८०, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशमा दुई मन्त्री फेर्दै जनमत
नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित
आज साँझ जनमत पार्टीको बैठक बस्दै
जनमत र नाउपाबीच १७ गते एकीकरण घोषणा हुने
शिक्षकको माग सम्बोधन गर्न जनमत पार्टीको माग
जनमतले बोलायो केन्द्रीय समिति बैठक