काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुन र चाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुन र चाँदीकै मूल्य घटेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।
हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ छ । हिजो सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १४ सय २५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँ कायम थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ साउन २०८०, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्दा चाँदीको बढ्यो
सुनको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?
तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?
घट्यो सुनको मूल्य,कतिमा हुदैँछ कारोबार ?