‘जापान काण्ड’ भन्दै प्रेमिकाको भिडियो प्रेमीले पोर्न साइटमा राखिदिए

पत्रपत्रिकाबाट

बुधबार, १७ साउन २०८०, ०७ : १४
‘जापान  काण्ड’ भन्दै प्रेमिकाको भिडियो प्रेमीले पोर्न साइटमा राखिदिए

काठमाडौ । प्रेमीप्रेमिकाबिच  मायापिरतीका  संवाद  र  अन्तरङ्ग साटासाट गर्दाको संवादका कतिपय पल सुखद मात्र रहँदैनन्, सम्बन्ध बिग्रियो भने पीडादायी र भयावह हुन सक्छन् । त्यसको उदाहरण प्रकाश र रस्मिला (नाम परिवर्तन) को सम्बन्ध बनेको छ ।

 घटना  अनुसार  म्याग्दी  साबिक  अर्मन  गाविस–२  का २७ वर्षीय प्रकाश विक र म्याग्दीकै २३ वर्षीय रस्मिलाबिच नेपालमा हुँदा बसेको प्रेम दुई फरक देशमा पुगेपछि थप प्रगाढ बन्छ ।

उच्च  शिक्षाका  लागि  जापानमा  पुगेकी  रस्मिला  र  वैदेशिक  रोजगारीका  लागि  मलेसिया  पुगेका प्रकाशबिचको इन्टरनेट फोनमा हुने कुराकानी अक्सर  नग्न  अवस्थामै  हुन  थाल्छ  ।  प्रकाशले  रस्मिलाका  नग्न  तस्बिर  र  भिडियो  झुक्याएर  मोबाइलमा सुरक्षित राख्छन् । जापानमा   रहेकी   रस्मिला   अध्ययन   र   विदेशको  रहनसहनमा  बिस्तारै  घुलमिल  हुँदै  जान्छिन्  र  प्रकाशसँगको  कुराकानी  बिस्तारै  कम  हुँदै  जान्छ  ।

प्रकाशले  यसलाई  अनेक  शङ्कामा रस्मिला र परिवारलाई पनि पठाई तिनै भिडियोलाई प्रतिशोधका रूपमा प्रयोग गर्न थाल्छन् । त्यतिले मात्र नपुगी अश्लील भिडियो पोर्न साइटमा राख्छन् । सामाजिक सञ्जालको म्यासेजमा आउने नग्न भिडियो पोर्न साइटमै आएपछि रस्मिला र परिवारै छाँगाबाटै खसेजस्तै बन्छन् ।

 उच्च शिक्षाका लागि झन्डै  एक  वर्षअघि  जापान  पुगेकी  रस्मिलाको  अध्ययनको  लक्ष्य  आफ्नै  नग्न  तस्बिरले  धुमिल  बनाउँछ । परिवार, आफन्त र शुभचिन्तकलाई यो घटनाले सामाजिक प्रतिष्ठा र इज्जतमा पु¥याएको आधातको लेखाजोखा नै छैन । 

‘नेपाली  युवतीको  जापान  काण्ड’  नाममा  पोर्न  साइटमा  अपलोड  गरिएका  नग्न  भिडियो  नेपाल  प्रहरीको  साइबर  ब्युरोको  सव्रिmयताले  थप  छरपस्ट  भने  हुन  पाएन  । 

प्रेमिकालाई  झुक्याएर  विभिन्न  बहानामा  नग्न  हुन  बाध्य  बनाई  रेकर्ड  गरेका  नग्न  भिडियो,  फोटा  सामाजिक  सञ्जाल  र  पोर्न  साइटमा  अपलोड  उनै  प्रकाश  विकलाई  नेपाल प्रहरीले ‘रेड कर्नर नोटिस’ जारी गरी नेपाल ल्याई कानुनी कारबाही अघि बढाएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस