काठमाडौ । संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक राख्ने भएका छन्।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण हिजो बस्दै नबसी स्थगित प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।
त्यसअघि मध्याह्न १२ बजे बस्नेगरी सभामुखले कार्यव्यवस्था समितिको बैठक बोलाएको श्रोतले जानकारी दिएको छ ।
यसअघि आजै बिहान उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका थिए।
‘सभामुखज्यूले निरन्तर सदन अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र विपक्षी दलका नेताको ध्यानाकर्षण गराउनुभयो’, उनले भने, ‘सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ समेत स्मरण गराउनुभयो।’
सभामुखले सदन अवरोध खोल्ने विषयमा हिजो पनि प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरुसँग समेत पटकपटक छलफल गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ साउन २०८०, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलिङ अफ पिरियडको गडबडी छानबिन गरी विधेयक सच्याउन सभामुखको जोड
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल सिंहदरवारमा जारी
विधेयकको अवस्थाबारे छलफल गर्न सभामुखले बोलाए समितिका सभापतिहरूसँगको बैठक
प्रमुख तीन दलका मुख्य सचेतकसँग छलफल गर्दै सभामुख
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा अवरोध नगर्न रास्वपालाई सभामुखको आग्रह
रास्वपासँग छलफलमा सभामुख