काठमाडौं । रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको हो।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर यादवविरुद्व सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। यादवले कोटहीमाई गाउँपालिका-७ अन्तर्गतको सडक पीसीसी ढलान र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात् भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग ४५ हजार रुपियाँ घुस लिएको आरोप लागेको आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ साउन २०८०, १९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खरिदार र बिचौलियाविरुद्धको भ्रष्टाचार मुद्दामा प्रतिकूल अभिव्यक्ति दिएको आरोपमा मुद्धा दायर
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा