निर्माण हुन बाँकी कानुन यथाशीघ्र अगाडि बढाउन प्रधानमन्त्रीकाे निर्देशन

सफल खबर संवाददाता

आइतबार, १४ साउन २०८०, २० : ३८
निर्माण हुन बाँकी कानुन यथाशीघ्र अगाडि बढाउन प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण हुन बाँकी कानुनहरु यथाशीघ्र अगाडि बढाउन निर्देशन दिएका छन् ।

आइतबार मुख्य सचिवसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरुसँग भएको बैठका उनले अघि बढेर पनि मन्त्रिपरिषदका विषयगत समिति तथा मन्त्रालयहरुमा अल्झिएका कानुनहरुबारे चासो व्यक्त गरेका हुन् ।

यसअघि पनि उनले सार्वजनिक रुपमै कानुन निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि पोखेका थिए ।

प्रतिक्रिया दिनुहोस