भरतपुर महानगरभित्रका २८३ जना विद्यार्थीले पाए छात्रवृत्ति

पारदर्शी रुपमा कुनै गुनासो नआउने गरी छात्रवृत्ति छनोट गरिएको मेयर दाहालको भनाई

सफल खबर संवाददाता

आइतबार, १४ साउन २०८०, १९ : ०५
भरतपुर महानगरभित्रका २८३ जना विद्यार्थीले पाए छात्रवृत्ति

चितवन  । भरतपुर महानगरपालिकाले महानगरभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाको आयोजनामा भएको छात्रवृत्ति बितरण कार्यक्रममा भरतपुरकी मेयर रेनु दाहालले आज महानगरभित्रका विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने २८३ जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेकी हुन् ।

महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयमा कक्षा ११ अध्ययनको लागि प्रदान गरिएको ५ प्रतिशत छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई सिफारिस पत्र तथा शुभकामना प्रदान गर्दै मेयर दाहालले यो छात्रवृत्ति कार्यक्रम तेस्रो वर्षको छात्रवृत्ति कार्यक्रम रहेको जानकारी दिइन् । उनका अनुसार २२९ पहिलो वर्षमा, २७४ दोस्रो वर्षमा र तेस्रो वर्षमा २८३ जना कक्षा ११ का विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

कार्यक्रममा मेयर दाहाले भनिन्, ‘पारदर्शी रुपमा कुनै गुनासो नआउने गरी छात्रवृत्ति छनोट गरिएको हो । यो छात्रवृत्ति मेरिटको आधारमा प्रदान गरिएकाले पनि पूर्णरुपमा पारदर्शी छ ।’ महानगरपालिकाले सबै क्षेत्रका परिवारका सन्ततीलाई समेट्न दलित, आदिबासी जनजाति, सीमान्तकृत, जनआन्दोलनका सहिद तथा घाइते परिवारलाई समेटिएको मेयर दाहालको भनाइ छ । उनले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई रोल मोडलको रुपमा अध्ययन गर्न सुझाव दिइन् । उनले महानगर भित्र रहेका सबै क्षेत्रका बालबालिकाका शिक्षाको पहँुच पु¥याउनको लागि देशकै पहिलो नमुना अटिजम विशेष विद्यालय स्थापना गरी सञ्चालन गरिएको जानकारी दिइन् ।

कार्यक्रममा नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले महानगरपालिकाले पछिल्ला तीन वर्षदेखि कक्षा ११ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको बताए । उनले भने,‘ महानगरपालिकाले २८३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । महानगरपालिकाभित्र सञ्चालित क्याम्पसहरुमा अध्ययन गर्ने विद्यार्थीले अनलाइन माध्यमबाट भरेका फारमको मूल्यांकन गरी नतिजा प्रकाशन गरिएको हो । शैक्षिक सत्र २०८०÷०८१ का लागि छात्रवृत्ति आवेदन दिएका ८१९ जना मध्ये २८३ जना छनौट गरिएको हो । जसमा विज्ञान संकायमा १५३ जना र अन्यमा १३० जना रहेका छन् ।’ उनले दिएको जानकारी अनुसार भरतपुरका २९ वटा कलेजहहरुमा छात्रवृत्ति पाएका विद्यार्थीहरुले शतप्रतिशत निःशुल्क अध्ययन गर्न पाउँछन् । जसमध्ये अरोमा कलेजमा ३९ जना, अर्किड कलेजमा ३१ जना, वाल्मीकि कलेजमा २६ जना, सप्तगण्डकी कलेजमा २१ जना, नारायणी पब्लिक स्कुलमा २१ जना गरी २८३ जना छन् । उनका अनुसार संस्थागत विद्यालय तथा कलेजहरुले भर्ना भएका विद्यार्थीहरु मध्ये १० प्रतिशतलाई अनिवार्यरुपमा छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ ।

एसईईमा प्राप्त गरेको सबैभन्दा माथिल्लो ग्रेड (जीपीए) लाई नै मुख्य आधार बनाएर छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिएको हो । त्यसमा पनि जेहेन्दार ३७ प्रतिशत, गरिब तथा विपन्न ३६ प्रतिशत, आदिवासी जनजाति १० प्रतिशत, दलित ५ प्रतिशत, अपांङ्गता भएका र जनआन्दोलन घाइतेका सन्ततीलाई समान ३\३ प्रतिशत, सहिद, बेपत्ता परिवार र मधेस आन्दोलन घाइते सन्ततीलाई समान २\२ प्रतिशतका आधारमा छनौट गरिएको उनको भनाइ हो ।

त्यस्तै महानगरले यसरी छात्रवृत्ति प्रदान गर्दा विद्यार्थीसँगै परिवारलाई पनि आर्थिक पाटोमा निकै सहज हुने अर्किट कलेजमा अध्ययनरत विद्यार्थी सुसान्त अधिकारी र सलिना ढकालले बताए । उनीहरुले यसरी छात्रावृत्ति प्रदान गरेकोमा महानगरलाई धन्यवाद प्रदान गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम कक्षा ११\१२ सँगसँगै स्नातक तहमा पढाइ हुने विषयलाई पनि प्रदान गर्न उनीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस