राप्रपा नेपाल र संयुक्त राष्ट्रिय आन्दोलन मोर्चाबीच एकता गर्ने सहमति

सफल खबर संवाददाता

आइतबार, १४ साउन २०८०, १४ : १४
राप्रपा नेपाल र संयुक्त राष्ट्रिय आन्दोलन मोर्चाबीच एकता गर्ने सहमति

काठमाडौँ । राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा बीच एकता गर्ने सहमति भएको छ । यही साउन १६ गते राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकताको घोषणा गर्ने सहमति भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरुको उपस्थितिमा एकतासम्बन्धी सहमति भएको भन्दै बर्तौलाले एकतापछि आन्दोलनको तयारीमा लाग्ने समेत बताए ।

पार्टी अध्यक्ष कमल थापाले सहमति पछि सामाजिक संजाल ट्विट मार्फत "राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा बिच एकता गर्ने समझदारी पत्रमा हस्ताक्षर, साउन १६ गते राष्ट्रिय सभागृहमा घोषणासभा हुने, संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्था अन्त्य गरी हिन्दुअधिराज्य,सुशासन र समृद्ध नेपाल निर्माण गर्ने संकल्प, निकट भविष्यमा जनआन्दोलन गर्ने" जानकारी दिएका छन् ।