खुल्यो नारायणगढ–मुग्लिन सडक

सफल खबर संवाददाता

शनिबार, १३ साउन २०८०, १० : ४९
खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुलाइएको छ।  उक्त सडकअन्तर्गत आज बिहान ७ बजे कालीखोलामा पहिरो खस्दा यातायात बन्द भएको थियो। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार पहिरो बिहान ८:५५ बजेसम्म पन्छाएर सडक खुलाइएको हो।

पहिरोका कारण रोकिएका सवारीसाधन धमाधम गन्तव्यतर्फ लागेका छन्।

यसअघि शुक्रबार राति १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर शनिबार बिहान ३ बजेदेखि सडक खुलाइएको थियो। 

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पटकपटक बन्द हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस