पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सूचारु

सफल खबर संवाददाता

शनिबार, १३ साउन २०८०, ०७ : ४३
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सूचारु

चितवन । पहिरो खसेर बन्द भएको मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानबाट खुलेको छ। 

चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक शुक्रबार राति बिहान १ बजे पहिरो खस्दा सडक बन्द भएको थियो। 

एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सञ्चालन भएको सडक डिभिजन कार्यालयले जनाएको छ । 

पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। पहिरोका कारण नारायणगढ मुग्लिन सडक पटकपटक बन्द हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस