लम्पी स्किन रोग नियन्त्रणसहित ७ बुँदे माग राख्दै बुटवलमा प्रदर्शन

सफल खबर संवाददाता

शुक्रबार, १२ साउन २०८०, १६ : २२
लम्पी स्किन रोग नियन्त्रणसहित ७ बुँदे माग राख्दै बुटवलमा प्रदर्शन

बुटवल। लम्पी स्किन रोगबाट गाईवस्तु क्षति भएका किसानले राहतको व्यवस्था गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।राष्ट्रिय किसान सञ्जालको अगुवाइमा किसानले शुक्रवार बुटवलमा प्रदर्शन गरेका हुन् । उनीहरूले बुटवलको राजमार्ग चौराहामा विरोध प्रदर्शन गरेका हुन् ।

लम्पी स्किन रोगबाट देशभरका किसानले अर्बौंको क्षति बेहोर्नुपरेको सञ्जालले  जनाएको छ । तर तीनै तहका सरकारले वास्ता नगरेका कारण सडकमा आउनुपरेको सञ्जालका लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र गिरीले बताए ।

 

लम्मी स्किनलाई महामारी घोषणा गरी द्रुत गतिमा उपचार गरी रोग नियन्त्रण गर्नुपर्ने, मरेका पशुको बीमा, रासायनिक मलको सहज आपूर्ति, सरकारद्वारा सञ्चालित कालीमाटीसहितका सम्पूर्ण बजारका सटरहरूलाई खुला प्रतिस्पर्धाबाट भाडामा दिनुपर्ने लगायतका ७ बुँदे माग सञ्जालले अघि सारेको गिरीले बताए ।

 

सञ्जालले किसानका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन शुक्रवार सातै प्रदेशमा विरोध प्रदर्शन गरेको हो । सरकारले बेवास्ता गरे थप आन्दोलनका कार्यक्रम अगाडि सारिने सञ्जालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस