काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । महत आज बिहान निरीक्षणका लागि आज बिहान विमानस्थल पुगेका हुन् । विमानस्थल पुगेका उनले भन्सारका कर्मचारीहरूसँग सोधपुछसमेत गरेका छन् ।
केही दिनअघि राजस्व अनुसन्धान विभागले विमानस्थलको भन्सारबाट पास भएको सुन बरामद भएको थियो । उक्त सुन तस्करको अनुसन्धान जारी भइरहेको बेला महतले विमानस्थलको निरीक्षण गरेका हुन् । यसअघि गृहमन्त्री नारायणकाजी लगायतले पनि निरीक्षण गरेका थिए ।
विमानस्थलको भन्सारबाटै ठूलो मात्रामा सुन पास भएको घटनापछि त्यसमा संलग्न नाइकेलाई खोजी गर्न सरकारलाई दबाब परेको छ । तस्करीमा संलग्न भरियालाई नियन्त्रणमा लिने तर मुख्य योजनाकारलाई पक्राउ नगरेको भन्दै नागरिकस्तरबाट प्रश्नसमेत उठ्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ साउन २०८०, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट
अमेरिकामा रहेका अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त
अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन
आफैँले दिएका सुझाव कार्यान्वयनमा चुक्दै अर्थमन्त्री खनाल
अर्थमन्त्रीसँग ईयू र युरोपेली मुलुकका राजदूतको संयुक्त भेट