चामलको आयात आधाले घट्यो

पत्रपत्रिकाबाट

विहीबार, ११ साउन २०८०, ०८ : ०२
चामलको आयात आधाले घट्यो

काठमाडौ । गत  आर्थिक  वर्षमा  चामलको  आयात  आधाले  घटेर  १६  अर्ब  रुपियाँको  हाराहारीमा  झरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९-८० मा १५ अर्ब ९१ करोड २४ लाख १५ हजार रुपियाँको चामल मात्र आयात भएको छ । 

अघिल्लो वर्ष सो अवधिमा ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपियाँको चामल आयात भएकोे थियो । गत  वर्ष  धानको  उत्पादन  बढेकाले  पनि  चामल आयातमा कमी आएको हो ।

गत आवमा  विभिन्न मुलुकबाट ५६ अर्ब रुपियाँभन्दा धेरैको खाद्यान्न (धान, गहुुँ, मकै, कोदो, जौ, कनिका) आयात भएको छ, गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस