काठमाडौ । वर्षायामसँगै सप्तकोशी नदीमा पानीको बहाव बढ्न सुरु भएपछि वराहक्षेत्र–९, राजाबासमा रहेको २५/२५ नम्बरको स्पर सबैको नजरमा पर्छ ।
भारतको पटनामा रहेको कोशी प्रोजेक्टको जल संसाधन विभागबाट २५/२५ नम्बरको स्परको अवस्था बुझ्न प्रत्येक बर्खाका वर्षको चार महिना धेरै फोन र म्यासेज आउने गर्छ । अरू स्परभन्दा यो स्परमा पानीको चाप पनि वर्षौँ देखि पर्दै आएको छ ।
कोशीको तटबन्धमा लामो समयदेखि काम गर्दै आएका स्थानीय ठेकेदार मोहन मण्डलले भने, “स्पर भत्किए नेपालभन्दा भारततर्फ बढी क्षति हुन्छ । त्यसैले २५/२५ नम्बरको स्परमा जल संसाधनले बढी चासो लिँदै आएको छ ।” स्पर आसपासको क्षेत्रमा बोरामा बालुवा भरेर राखिएको छ । तार जाली, नाइलन जाली, ढुङ्गा, माटो तयारी अवस्थामा राखिएको खबर गोरखापत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ११ साउन २०८०, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी सरकारको एक वर्षे समीक्षा : लगानी, पूर्वाधार र सुशासनमा उल्लेखनीय प्रगति
कोशीमा पर्यटन वर्ष सुरुसँगै, पर्यटकको चहलपहल बढ्यो
प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने कोशी माओवादीको चेतावनी