काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्रीले पछिल्लो सुन प्रकरणबारे संसदलाई जानकारी गराउनुपर्ने बताएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले गृहमन्त्री र अर्थमन्त्रीले सुन प्रकरणमा नैतिक जिम्मेवारी लिनुपर्ने र नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका बेला राप्रपाले सही छानबिन आवश्यक रहेको बताएको हो ।
‘राजीनामा होइन, सही ढंगले छानबिन गरेर अगाडि जानुपर्छ’ राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले भने, ‘हामी संसदमा सुन प्रकरणबारे जानकारी माग गर्दछौं । गृहमन्त्रीको जवाफ माग्छौं ।’
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल अवैध सुन बाहिरिएको घटनाका सन्दर्भमा राप्रपाले गृहमन्त्रीसँग जानकारी माग गर्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० साउन २०८०, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वका कारण पार्टीको उपादेयता र विश्वसनीयतामाथि प्रश्न उठेको राप्रपा असन्तुष्ट पक्षको निष्कर्ष
राप्रपा महामन्त्री धवलशम्शेरले बोलाए असन्तुष्ट पक्षको बैठक
राप्रपा कार्यसम्पादन समितिको बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन बैठक आह्वान
राप्रपा संस्थापन इतर पक्षको बैठक बस्दै