काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्रीले पछिल्लो सुन प्रकरणबारे संसदलाई जानकारी गराउनुपर्ने बताएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले गृहमन्त्री र अर्थमन्त्रीले सुन प्रकरणमा नैतिक जिम्मेवारी लिनुपर्ने र नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका बेला राप्रपाले सही छानबिन आवश्यक रहेको बताएको हो ।
‘राजीनामा होइन, सही ढंगले छानबिन गरेर अगाडि जानुपर्छ’ राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले भने, ‘हामी संसदमा सुन प्रकरणबारे जानकारी माग गर्दछौं । गृहमन्त्रीको जवाफ माग्छौं ।’
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल अवैध सुन बाहिरिएको घटनाका सन्दर्भमा राप्रपाले गृहमन्त्रीसँग जानकारी माग गर्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० साउन २०८०, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाद्वारा आगामी महाधिवेशन तयारीका लागि कार्यतालिका समिति गठन
प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा
राप्रपाका दुई केन्द्रीय सदस्यद्वारा राजीनामा
राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने
राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्की पदमुक्त
उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता