काठमाडौं। जनता सामाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा हुने खर्च पनि भ्रष्टाचार भएको बताएका छन् । आज (सोमबार) नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४६औं स्मृति दिवसको अवसरमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्ड हीनता’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले महगो निर्वाचन प्रणालीमा परिवर्तनको आवश्यकता रहेको बताएका हुन् ।
‘चुनाव लड्दा खेरी हुने खर्च पनि भ्रष्टाचार हो । निर्वाचन प्रणालीलाई बदलौं । अहिलेको निर्वाचन प्रणाली अत्यन्त महँगो र खर्चिलो भयो । भ्रष्टाचार संस्थागत हुँदै गएको छ । माथिदेखि तलसम्म, तलदेखि माथिसम्म,’– उनले भने ।
भ्रष्टाचार र असमानताको अन्त्य गर्न राज्यले नसक्नु समाजवादको अवरोध भएको उनले बताए । देशमा कृषि प्रणालीको आधुनिकीकरण नगरी गरिबी हटाउन र समृद्धि हासिल गर्न नसकिने उनको भनाई छ । आर्थिक विपन्नता, गरिबी, बेरोजगारी र आर्थिक प्रणालीमा सुधार ल्याउनका लागि कृषि प्रणालीमा सुधारको आवश्यक रहेको उनले बताए ।
आजसम्म आफूले कांग्रेस र कम्युनिष्टले सरकार सञ्चालन गर्दा लिएको नीतिमा केही फरक नदेखेको उनको भनाई छ । उनले कांग्रेस र कम्युनिष्टहरु अहिलेसम्म एउटै गाडीमा सवार भएको टिप्पणी गरे ।
साथै, राज्यको विभेदकारी नीतिको कारण समाजवादको यात्रामा अवरोध रहेको उनले बताए । अहिले राज्यमा जातीय, भाषिक, सांस्कृतिक विभेद कायमै रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ साउन २०८०, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपेन्द्र यादवले लहानमा प्रशिक्षण दिइरहँदा सप्तरीमा बोलाइयो छुट्टै भेला
संघीयता खारेज गर्न एउटा पक्ष लागिरहेको छ : उपेन्द्र यादव
संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा : उपेन्द्र यादव
दुइ साताको अमेरिका भ्रमणपछि स्वदेश फर्किए उपेन्द्र यादव
सरकार गठनसम्बन्धी ५ स्पेटसम्मको व्यवस्था राख्नु नै त्रुटि छ : उपेन्द्र यादव
उपेन्द्र यादव भारत प्रस्थान